फेसन

'फेसन नेटवर्क नेपाल'द्वारा १३ जना सम्मानित

इकागज |
चैत १३, २०७९ सोमबार १९:१ बजे

काठमाडौँ- फेसन नेटवर्क नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । ठमेलस्थित टेन एक्स क्लबमा आयोजित एक कार्यक्रममा नेपालको फेसन उद्योग, सौन्दर्य, चलचित्र तथा फोटोग्राफीमा योगदान पुर्‍याएका व्यक्तिहरू सम्मानित भएका हुन् ।

‘एफएनन लिजेन्ड्री आइडल’ उपाधि दिएर १३ जनालाई सम्मान गरिएको थियो । नमुना कलेज अफ फेसन टेक्नोलोजीका फाउन्डर प्रिन्सीपल ज्ञानीशोभा तुलाधर, कमला श्रेष्ठ सिनियर ब्युटीसियन, चलचित्र बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, रुबी राणा पूर्व मिस नेपाल, रचना गुरुङ शर्मा सिनियर कोरियोग्राफर र राज भाइ सुवाल सिनियर फोटोग्राफर सम्मानित भएका थिए ।


त्यसैगरी, मुक्ता श्रेष्ठ फेसन डिजाइनर, गौतम धिमाल फिल्ममेकर तथा फोटोग्राफर, महेश प्रधान फेसन फोटोग्राफर, राजेश धख्वा सिनियर हेड डिजाइनर आरडी चाहत बुटिक, पूजा मानन्धर निर्देशक इमेज च्यानल, रमिला नेम्कुल फेसन डिजाइनर कासा र डिजे भाइटल रनवे साउन्ड डिजाइनर सम्मानित भएका थिए ।

सम्मानित व्यक्तिलाई एकसाथ एफएनएनका निर्देशक प्रशान्त ताम्राकार, अर्का निर्देशक शेखरराज कसजु र क्लब टेन एक्सका निर्देशक पौरखमर्दन बस्न्याताले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

क्लबका निर्देशक बस्नेतले कार्यक्रममा फेसनसँग सम्बन्धित उत्कृष्ट भिडियो पनि प्रदर्शन गरिएको जानकारी दिए । ‘नयाँ-नयाँ फेसनसँग सम्बन्धित इभेन्ट गर्नका लागि एफएनन र क्लब टेन एक्ससँग सम्झौता भएको छ,’ उनले भने ।

एफएनएनले एफएनएन बजार, प्रिमियम अनलाइन बजार र  नेपाली डिजाइनर, बुटिक, फेसन ब्रान्डहरू र फेसन स्टार्ट-अप व्यवसायिका लागि निर्देशिकाको घोषणा जारी गरेको छ। एफएनएनको आगामी योजना अन्तर्गत  ‘डिजिटल फेसन विक नेपाल’ र ‘समर स्प्लास फेसन पार्टी’ रहेको घोषणा पनि भएको थियो ।

फेसन र सौन्दर्य उद्योगका क्षेत्रका फेसन डिजाइनर, इभेन्ट म्यानेजर, फोटोग्राफर, भिडियोग्राफर, कन्टेन्ट मेकर, मोडल, कोरियोग्राफर र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

फेसन नेटवर्क नेपाल फेसन उद्योग र फेशन, विलासिता र सौन्दर्य क्षेत्रमा सिक्न र अगाडि बढ्नका लागि प्लेटफर्म निर्देशक निर्देशक शेखरराज कसजुले बताए ।

‘हाम्रो मिशन भनेको नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्नेछौ,’ उनले भने ।


Author

थप समाचार
x