फेसन

‘मिस्टर ग्लोबल’मा सहभागी हुँदै मिस्टर नेपाल नूतन

इकागज |
पुस २१, २०७९ बिहिवार १५:२५ बजे

काठमाडौँ - ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो । यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
आगामी फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कलासंस्कृति सहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारी गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरुको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौदर्य प्रतियोगिता मानिन्छ ।
श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।

‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलवा नेपाली कलासंस्कृति, प्रर्यटन प्रवद्र्धनसमेत प्रतियोगितामा गर्नेछु’ उनले थपे । 



Author

थप समाचार
x