फेसन

‘फेसियल हाउस’ले मनायो  पन्ध्रौ वार्षिकोत्सव

इकागज |
पुस ११, २०७९ सोमबार १२:२९ बजे

काठमाडौँ -काठमाडौंको काठमाडौं मलमा मुख्य कार्यालय र विभिन्न ठाउँमा शाखा विस्तार गरेको ‘फेसियल हाउस एन्ड ब्युटी सलोन’ले आइतबार आफ्नो पन्ध्रौ वार्षिकोत्सव मनाएको छ ।  

१५ वर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी,  सुर्खेत र पोखरामा पनि संचालनमा छ ।१५ वटा केक काट्दै सेलिव्रेशन गरिएको वार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने योजना रहेको सुनाइन् ।


कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अथितिहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो । नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरुको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसले १५ औं वार्षिकोत्सवको अवसरमा पुस महिनाभरी भारी छुट समेत दिएको सुष्माले बताइन् । वार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत गाएर मनोरञ्जन दिएका थिए ।


Author

थप समाचार
x