फेसन

‘मोडल हन्ट नेपाल’को अडिसन सुरु

इकागज |
असार १३, २०७९ सोमबार १५:१ बजे

काठमाडौँ - ‘मोडल हन्ट नेपाल २०२२ ’ को अडिसन सुरु भएको छ । शनिबारदेखि प्रतियोगिताको  अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

अडिसनमा देशभरबाट युवा युवतीले सहभागिता जनाइरहेका छन् । प्रतियोगिताको यो सातौं संस्करण हो । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । अडिसनबाट छानिएका प्रतियोगीको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ । 


उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ । 

अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल¬) रुबिस्का श्रेष्ठ (व्यवसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत रहेका छन् ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x