फेसन

ऋषि धमलासँगै ‘प्रेमगन्ज’ टिमले गर्यो ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्धघाटन

इकागज |
जेठ २९, २०७९ आइतबार १४:१८ बजे

काठमाडौँ - पत्रकार ऋषि धमलासँगै प्रदर्शोन्मुख फिल्म ‘प्रेमगञ्ज’का कलाकारले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्धघाटन गरेका छन् । काठमाडौँमा बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्म क्षेत्रका चर्चीत ब्यक्तीहरुबाट ‘ब्रिज हेयर एण्ड वियुटी सलोन’को ‘प्रेमगञ्ज’का कलाकार  बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए । 

अनिल थापाले सञ्चालनमा ल्यायको सलोनको उद्धघाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’ले त्यो अपेक्षा पूरा गरोस् भन्ने शुभेच्छा दिइन् ।  ‘हामी हर कोही अरुबाट राम्रो देखिएको सुन्न चाहान्छौँ । यो सलुनले हामी जस्ताको  चाहना पूरा गर्छ भन्ने अपेक्षा छ,’ उनले सलुन उद्घाटनपछि भनिन् । यस्तै अभिनेता निराजन प्रधानले पनि कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए । 


पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आर्कषण बढेको बताए । उनले भने ‘म सधँै व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँडछु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु ।’ सञ्चालक थापाले भारत, बेलायत तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए । 

‘मैले भारतदेखि बेलायत अमेरिकासम्म पनि सलुन र सौन्दर्यको बारेमा जे जति ज्ञान हासिल गरेँ, यो सलुन त्यसैको परिणाम हो । यसले सुन्दर बन्न चाहाने युवा युवतीको चाहाना पूरा गर्ने गरी काम गर्छौँ,’ अनिल थापाले भने । सलुनलाई प्रेमगन्जका अभिनेता तेज गिरीले पनि शुभकामना दिएका थिए । 


Author

थप समाचार
x