फेसन

‘आइसी डिजाइनर रनवे ’का लागि मोडलको खोजी

इकागज |
जेठ २३, २०७९ सोमबार १२:१ बजे

काठमाडौँ -  ‘आइसी डिजाइनर रनवे ११’ ले फेसन सोमा सहभागी हुने मोडलका लागि आवेदन खुल्ला गरेको छ ।  विगतका वर्षझैँ यस वर्ष पनि आइसी कलेजले फेसन सो आयोजना गर्न लागेको हो । सोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । 

नेक्स्ट मोडल्स नेपालले सोका लागि मोडलको आवेदन खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्ने आयोजकले जनाएका छन् । छनौट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ । 


फेसन सोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर आइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।

धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको फेसन सो यो साल विगतका संस्करणको भन्दा ् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । फेसन सोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर  अभिमन्यू सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x