वातावरण

बाघ बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

इकागज |
माघ १३, २०७८ बिहीबार २०:४५ बजे

फाइल फोटो

काठमाडौँ : यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटू’ पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जितेको छ । बाघ संरक्षणमा योगदान गर्नेलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको सत्यमंगलम टाइगर रिजर्भले पाएको हो ।

सन् २०१० पछि यी दुई निकुञ्जले बाघको सङ्ख्या दोब्बर बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई अन्तराष्ट्रिय पुरस्कार दिइएको डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा कम थियो सन् २०१८ मा भने झण्डै ९० पुगेको छ । यस्तै भारतको सत्यमंगलममा ८० जति बाघ छन् । जहाँ यसअघि ३० वटा मात्रै बाघ रहेका थिए ।

सेप्टेम्बरमा रुसमा हुने ‘दोस्रो ग्लोबल टाइगर समिट’मा बाघ संरक्षणमा योगदान पुर्याएर विजेता बनेका निकुञ्जलाई पुरस्कार दिइनेछ ।  


Author

थप समाचार
x