वातावरण

खाडलमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति

इकागज |
माघ ११, २०७८ मंगलबार १६:४३ बजे

फाइल तस्वीर

काठमाडाैँ – वन तथा वातावरण मन्त्रालयले खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ। मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको हाे । कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको हो ।


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी माघ ९ गते गैंडाको मृत्यु भएको थियाे ।   


Author

थप समाचार
x