वातावरण

राष्ट्रका लागि दुई घण्टे अभियान सुरु

इकागज |
चैत ४, २०७९ शनिवार २१:४५ बजे

फाइल फोटो

भक्तपुर - भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन हुने भएको छ ।

अभियानअन्तर्गत आज अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाइ अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिए ।  


अभियानका प्रमुख सल्लाकार पूर्वउद्योगमन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडाध्यक्ष बाबुकाजी डङ्गोल, बागमती सफाइ अभियानका डा राजु अधिकारीलगायतको सहभागितामा सफाइ गरिएको हो ।

अभियानमा नेपाल फूलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघसस्था र व्यक्तित्वहरूको  सहभागिता थियो । आगामी हप्ताको शनिबार कौशलटार चोकमा सरसफाइ गरिने अभियन्ता रञ्जितले बताए । 


Author

थप समाचार
x