वातावरण

अमलटारीमा पोथी गैँडा मृत भेटियो

इकागज |
पुस २५, २०७९ सोमबार १९:१८ बजे

फाइल फोटो

चितवन - चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृतावस्थामा फेला परेको छ । यस क्षेत्रअन्तर्गत कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको हो ।

गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । 


गैँडा बूढो भएर मरेको उनले जानकारी दिए । निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेका छन् ।
 


Author

थप समाचार
x