ऊर्जा

एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ: राज्यमन्त्री सिंह

इकागज |
माघ ११, २०७९ बुधबार १७:५८ बजे

फाइल फोटो

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् । 

नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन गर्ने उल्लेख गर्दै  उनले त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिए । 


बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराए । 

गरीब जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पु¥याउनुपर्ने उनको भनाई थियो । राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घरघरमा अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । 

उनले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशी देश बाहिर गएको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय चुल्होको खपत बढाउनुपर्ने तर्क समेत गरे । 

राज्यमन्त्री सिंहले विद्युतीय चुल्होका लागि दिइएको अनुदान दूरुपयोग नगर्न पनि कडा निर्देशन दिए । नेताहरुका छोराछोरी र कार्यकर्ताहरुले मात्रै सो अनुदान सहायता पाउने गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै सो अनुदान लक्षित समूदायमा पर्‍याउनुपर्ने उनको भनाई थियो ।


Author

थप समाचार
x