स्थानीय तह निर्वाचन २०७९

ललितपुरमा हरिकृष्णभन्दा चिरीबाबु तेब्बर मतले अगाडि

इकागज |
जेठ ३, २०७९ मंगलबार ६:२१ बजे

फाइल फोटो

काठमाडौँ- ललितपुर महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जन झन्डै तेब्बर मतले अग्रता लिएका छन् । महर्जनले ५ हजार ९ सय ८४ मत प्राप्त गर्दा उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले २ हजार २ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । बज्राचार्यले २ हजार ६ सय ५६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य १ हजार ९ सय ६७ मत ल्याएर पच्छ्याइरहेका छन् । कांग्रेसको उम्मेदवारविहीन उपमेयर पदको रूख चिह्नमा समेत मतदान गरेको पाइएको छ। उपमेयर पद गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको थियो।



Author

थप समाचार
x