स्थानीय तह निर्वाचन २०७९

धुलिखेलको मेयरमा एमालेका व्याञ्जुलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार

इकागज |
जेठ ३, २०७९ मंगलबार ४:३५ बजे

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोककुमार व्याञ्जुकै अग्रता रहेको छ । हालसम्म ४८८० मत ल्याएका उनलाई स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले पछ्याइरहेका छन् ।

स्वतन्त्रबाट धुलिखेको मेयरका उम्मेदवार बस्नेतले २४९० मत ल्याएका छन् । मतगणनाको सुरुआती चरणमा स्वतन्त्र उम्मेदवार बस्नेतले अग्रता लिएका थिए ।
धुलिखेलमा उपप्रमुखमा पनिएमालेकै उम्मेदवारको अग्रता रहेको छ । यहाँ ४११८ मतका सात लालतारा अधिकारी अगाडि छिन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकानिराजन जंगमले ३४०४ मत ल्याएका छन् ।



Author

थप समाचार
x