स्थानीय तह निर्वाचन २०७९

हेटौंडामा मिनालाई दीपकको भन्दा ३७० मत धेरै

इकागज |
जेठ ३, २०७९ मंगलबार ३:३ बजे

काठमाडौं– हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादी की मिनाकुमारी लामालाई निकटतम प्रतिद्वन्द्वीको भन्दा  ३ सय ७० मतको अग्रता छ। हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी की मेयर उम्मेदवार उनले हालसम्म ५ हजार २ सय ६२ मत प्राप्त गरेकी छन् ।
 
पटक पटक अग्रता लिइरहेका उनका प्रतिष्पर्धी राप्रपाका दिपक सिंह उनको पछि पछि छन् । उनलाई पच्छाइरहेका राप्रपाका दिपक सिंहले ४ हजार ८ सय ९२ मत पाएका छन्। एमालेका अनन्त पौडेलले ४ हजार ४ सय ९७ मत ल्याएका छन्।



Author

थप समाचार
x