स्थानीय तह निर्वाचन २०७९

सल्यानमा मतगणना स्थगित, पुन: मतदानकाे माग

लक्ष्मी भण्डारी |
जेठ १, २०७९ आइतबार १७:५६ बजे

सुर्खेत- सल्यानको दार्मा गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतगणनामा नेपाली कांग्रेसले असन्तुष्ट जनाएपछि मतगणनाको काम स्थगित भएको हो । वडा नम्बर १ र २ को गणनामा गडबड भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मत गणना स्थगित भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

मत गणनास्थल बाहिर कांग्रेसले नाराबाजी गरेको छ भने पुन: मत गणना गर्न माग गरेको छ । ‘मतगणना स्थगित भनेर सुचना निकालेको त होइन , मतगणनामा गडबड भयो भनेर कांग्रेसका कार्यकर्ताहरुले नाराबाजी गरेपछि अहिले मतगणना नभएको हो’ जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इकागजसँग भने, ‘अहिले यही विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ ।’ बैठकले गरेको निर्णयअनुसार अघि बढ्ने डिएसपी खड्काले जनाए ।



Author

थप समाचार
x