स्थानीय तह निर्वाचन २०७९

वीरगञ्ज महानगरः त्रिपक्षीय भिडन्तमा जसपाका सिंहको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार २०:१२ बजे

काठमाडौं– वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर ३१ को १७५ मत गणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत मात्र ल्याएका छन् । त्यस्तै, राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।


Author

थप समाचार
x