स्थानीय तह निर्वाचन २०७९

अर्घाखाँचीकाे सन्धिखर्क- १ मा कांग्रेसका श्रेष्ठ विजयी

इकागज |
बैशाख ३१, २०७९ १९:५३ बजे

बुटवल । सन्धिखर्क नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका माधव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १२ सय ४६ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका युवराज बन्जाडेले १ हजार २७ मत प्राप्त गरेका छन्।

मेयरमा एमालेका कृष्णप्रसाद श्रेष्ठले १३ सय ५५, उपमेयरमा मिश्रा आचार्यले ९ सय ९४ मत प्राप्त गरि अग्रता कायम गरेका छन्। कांग्रेसका शान्ता भण्डारीले ९ सय ३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा माओेवादीका राजेन्द्र भुसालले ९ सय ८६ मत प्राप्त गरेका छन्।




Author

थप समाचार
ad
x