स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा मत गणना राेचक बन्दै : चार सय मत गन्दा दाहाल र सुवेदी बराबर

इकागज |
बैशाख ३१, २०७९ शनिबार १९:१५ बजे

चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल र विजय सुवेदी बराबरी मत ल्याएका छन् ।

चार सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ५० मत ल्याएकी छिन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय ५० ल्याएका छन् ।

वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन् ।

अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेकाे छ ।

यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x