स्थानीय तह निर्वाचन २०७९

कांग्रेस र माओवादीका यी ३ बागी वडाध्यक्ष

इकागज |
बैशाख ३१, २०७९ शनिबार १७:३६ बजे

डडेल्धुरा - गन्यापधुरा १ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी वडाध्यक्ष विजयी भएका छन् । गन्यापधुरा १ प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको वडा हो ।

रुपन्देहीको बुटवल १ मा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार नरेन्द्र बस्नेत विजयी । अघिल्लो चुनावमा एमालेसँग हारेका नरेन्द्रले यो पालि कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।


रुकुमको त्रिवेणी गाउँपालिका १ मा बागी उम्मेदवार सुन्दर ओली अध्यक्षमा निर्वाचित । आफ्नै पार्टी माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गर्दै सुन्दर विजयी बनेका हुन् ।


Author

थप समाचार
x