स्थानीय तह निर्वाचन २०७९

स्वतन्त्र र बागीहरूको प्रारम्भिक अग्रताले के देखाउँछ ?

इकागज |
बैशाख ३१, २०७९ शनिबार १६:२३ बजे

काठमाडौँ- शनिबार अपराह्न ४ बजेसम्मको प्रारम्भिक गणनाबाट केही पालिकामा स्वतन्त्र÷बागी उम्मेदवारको अग्रता देखिएको छ । काठमाडौँ महानगरपालिकामा बालेन शाह, धनगढीमा गोपी हमाल, धनुषाको जनकपुरधाममा मनोज साह, धुलिखेलमा विदुरबहादुर बस्नेत अगाडि देखिएका छन् ।

धरान, बर्दिबास, सिन्धुलीमा पनि स्वतन्त्रको चर्चा छ । मतगणना सुरु नभएका अन्त्य स्थानमा पनि जहाँ स्वतन्त्र उम्मेदवार उठेका छन्, त्यहाँ चर्चा छ । पुराना दलबाट मात्र उठेकामा रौनक खासै देखिएको छैन ।


अन्तिमसम्म यी उम्मेदवारले जित्छन् भन्नु हतारो हुन्छ । तर, यसले पुराना दलले उम्मेदवार छनौटप्रति अपनाएको रवैयालाई प्रश्न गरेको देखएको छ । नयाँप्रतिको आकर्षणले युवाहरुलाई उत्साही बनाएको देखिएको छ ।

फेसबुक, ट्वीटरमा रहेका धेरै प्रयोक्ता स्वतन्त्रको पक्षमा दंग परेको देखिएको छ । तलदेखि माथिसम्म, वनदेखि विद्यालय व्यवस्थापन समितिमा, हर पेसागत संस्थामा दलीय भागबण्डा, दलीय प्रभाव भएको अवस्थामा स्वतन्त्र\बागी उम्मेदवारले अग्रता लिनुलाई पुराना दलहरुको गैरजिम्मेवारीकोे जवाफ भनेर अथ्र्याइएको छ । स्वतन्त्रको जित भए पनि वा नभए पनि स्वतन्त्रहरु कडा प्रतिस्पर्धामा देखिनु दलहरुका लागि हो । 
 


Author

थप समाचार
x