स्थानीय तह निर्वाचन २०७९

रसुवामा धमाधम मतगणना हुँदै

इकागज |
बैशाख ३१, २०७९ शनिबार १४:४२ बजे

काठमाडौँ- शुकबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिमाण आउन थालेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको  मतगणना गएरातिदेखि सुरु भएको हो। पछिल्लो जानकारीअनुसार जिल्लामा करिब तीन हजार मतगणना भइसकेको बताइएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ् केन्द्रको मतपेटिका  पैदल मार्गबाट ल्याउने कार्य भइरहेकोले उक्त पालिकाको मतगणना भने आज साँझदेखि सुरूहुने मुख्य निर्वाचन अधिकृत  नेपालले बताउनु भयो ।

पाँच गाउँपालिकाका कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट ३० हजार चार मतदाताले मतदान गरेका थिए । तीमध्ये महिला १४ हजार ४२८ एवं १५ हजार ५७६ पुरूष मतदाता थिए । भौगोलिक विकटता र नेटवर्कको गडबढीका कारण एकीन विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।


 


Author

थप समाचार
x