स्थानीय तह निर्वाचन २०७९

बुटवल र देव दहमा काँग्रेसको अग्रता

विक्रम खड्का |
बैशाख ३१, २०७९ शनिवार ७:२५ बजे

बुटवल-  बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। उता रूपन्देहीकै देव दहमा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।


गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन्। वडा १ मा २०० मत गणना गर्दा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन्। गुरूङले ५८ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्। अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन्।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x