स्थानीय तह निर्वाचन २०७९

काठमाडौँको मेयरमा बालेन विजयी

इकागज |
जेठ १३, २०७९ शुक्रबार ६:३० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उठेका बालेन शाह निर्वाचित भएका छन् । साहले ६१ हजार ७६७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । शाहले सिंहको भन्दा २३ हजार ४२६ मत ल्याए ।


त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।


Author

थप समाचार
x