स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुले लिइन् ६ हजार ६६६ मतान्तरको अग्रता

इकागज |
जेठ ७, २०७९ शनिबार २१:३७ बजे

फाइल फोटो

चितवन - भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् । 

८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् । 


उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनालई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन् । 

अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ ।


Author

थप समाचार
x