स्थानीय तह निर्वाचन २०७९

८१ हजार बढी मत गन्दा रेनुले कति पाइन् ?

इकागज |
जेठ ७, २०७९ २०:२७ बजे

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ६ सय ६६ मतले अग्रता लिएकी छन् । हालसम्म ८१ हजार १ सय ९ मतगणना हुँदा उनले ३१ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५ हजार १० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत पाएका छन् ।


त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३४ हजार ८६ र राप्रपाकी हिमला गुरुङले १९ हजार ४ सय ९५ मत  प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ । 

महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।  



Author

थप समाचार
ad
x