स्थानीय तह निर्वाचन २०७९

पाँचखाल नगरमा खरेलले अग्रता मतान्तर बढाए

इकागज |
जेठ ७, २०७९ शनिबार १२:४ बजे

काठमाडौं – पाँचखाल नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल ३ हजार ७ सय ३७ मतले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार, खरेलले ८ हजार ३ सय ३२ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ४ हजार ५ सय ८९ मत पाएका छन् ।

१३ वटा वडा भएको पाँचखाल नगरपालिकाको ८ वडासम्मका मतगणना सकिएको छ । अघिल्लो चोटि पाँचखाल नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो ।


उपप्रमुखमा माओवादीका चेतप्रसाद गौतमले ७ सय ४ मत मतले अग्रता लिएका छन् । गौतमले ६ हजार ६० मत पाएका छन् भने प्रतिद्वन्द्वी एमालेका सूर्यमाया दनुवारले ५ हजार ३ सय ५६ मत पाएकी छिन् ।

हालसम्म ८ वटा वडा अध्यक्षको परिणाम घोषणा भएको छ । जसमा कांग्रेसले ५, एमालेले १, माओवादीले १ र एकीकृत समाजवादीले एक वडा अध्यक्ष जितेका छन् ।
 


Author

थप समाचार
x