स्थानीय तह निर्वाचन २०७९

ललितपुरमा १६ वडाको मतगणना हुँदा चिरीबाबुकै अग्रता, उम्मेदवारविहीन कांग्रेसलाई ६ हजार बढी मत

इकागज |
जेठ ७, २०७९ शनिबार ११:४८ बजे

ललितपुर – ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाइरहेका छन् । हालसम्म ५१ हजार ५०९ मतगणना हुँदा चिरीबाबुले २६ हजार २३६ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ हजार ३०७ मत पाएका छन् ।


उपमेयरमा भने एमालेकी मञ्जली शाक्य अगाडि छिन् । उनले १५ हजार १०६ मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १० हजार ५३२ मत पाएका छन् । 

उम्मेदवार नै नरहेको नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा ६ हजार ९१५ मत खसेको छ । अहिलेसम्म १६ वटा वडाको मत गनेर सकिएको छ । 


Author

थप समाचार
x