स्थानीय तह निर्वाचन २०७९

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको चौथो जित

जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतिदेवी कठरिया विजयी

इकागज |
जेठ ७, २०७९ शनिवार ८:० बजे

कैलाली - नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा जित हासिल गरेको छ । यो उसको यो चौथो जित हो । यसअघि टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।

जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी ७ हजार १५१ मत ल्याई विजयी भएका छन् । उनले काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई १ हजार ९०९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् । चौधरी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए ।


महत्तौले पाँच हजार २४२ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतिदेवी कठरिया विजयी भएकी छिन् ।

उनले नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई १ हजार ७०४ मतले पछि पार्दै विजयी भएकी थिइन् । कठरियाले छ हजार ५६२ मत प्राप्त गरेकी छिन् ।


Author

थप समाचार
x