स्थानीय तह निर्वाचन २०७९

मर्चवारी पालिका अध्यक्ष र उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी

इकागज |
जेठ ७, २०७९ शनिबार ७:५ बजे

भैरहवा - रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे । एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली  कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।


यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् । 

७ वडा रहेको मर्चवारीमा वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका क्षेत्रीय सभापति मुकेश यादवले ७ सय ३७ मत प्राप्त गरे । 

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी,  वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव, वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी, वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह, वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द, र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि निर्वाचित भएका छन ।  २२ हजार ७ सय ४७ मतदाता रहेको पालिकामा १७ हजार ३ सय ५७ जनाले मताधिकार प्रयोग गरेका थिए ।


Author

थप समाचार
x