स्थानीय तह निर्वाचन २०७९

एमाले र मा‌ओवादीले जितेको स्थानीय तह जोड्दा कांग्रेससँग बराबरी

इकागज |
जेठ ७, २०७९ शनिबार ४:५९ बजे

काठमाडौँ - स्थानीय निर्वाचनको हालसम्म प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानीय तहमा विजयी भएको छ कांग्रेसले हालसम्म ३ सय ३ स्थानीय तह आफ्नो भागमा पारेको छ । कांग्रेसपछि दोस्रोमा नेकपा एमाले रहेको छ। हालसम्मको नतिजा अनुसार एमालेले १ सय ८६ स्थानमा जित हासिल गरेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म १ सय १७ स्थान आफ्नो भागमा पारेको छ। 

संयोगको कुरा के भने हालसम्मको अवस्थामा सबैभन्दा धेरै स्थानीय तह आफ्नो बनाएको कांग्रेसको ३ सय ३ लाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जितको स्थानीय तहको संख्या जोड्दा बराबर हुन जान्छ । एमालेको १ सय ८६ र माओवादीको १ सय १७ जोड्दा कांग्रेसले जितेको ३ सय ३ बराबर हुन पुग्छ ।


 


Author

थप समाचार
x