स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगर : बालेन र स्थापितबीच १४ हजार ७ सयको मतान्तर

इकागज |
जेठ ७, २०७९ शनिबार ४:१३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ६ सय ९१ मत प्राप्त गरेका छन्। बालेन र स्थापितको मतान्तर १४ हजार ७ सय ६८ रहेको छ ।  त्यस्तै कांग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ४ सय ८२ मत पाएकी छिन्।



Author

थप समाचार
x