स्थानीय तह निर्वाचन २०७९

ललितपुरमा चिरीबाबु ९ हजार मतले अगाडि

इकागज |
जेठ ६, २०७९ शुक्रबार १६:३९ बजे

फाइल फोटो

काठमाडौँ- ललितपुर महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जन ९ हजार १ सय ६२ मतले अग्रता लिएका छन् । महर्जनले २१ हजार ३ सय ११ मत प्राप्त गर्दा उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १२ हजार १ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । बज्राचार्यले ११ हजार ९ सय ६५ सय मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य ८ हजार ४ सय २६ मत ल्याएर पच्छ्याइरहेका छन् । ललितपुरमा मतगणना जारी छ।


 


Author

थप समाचार
x