स्थानीय तह निर्वाचन २०७९

हेटौँडामा ३७२३ मत गन्न बाँकी, समाजवादीकी लामा एमालेका पौडेलभन्दा २०७७ मतले अगाडि

इकागज |
जेठ ६, २०७९ शुक्रवार १६:८ बजे

काठमाडौँ - हेटौडा महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता कायमै राखेकी छिन् । 

हालसम्म ६९ हजार ६९६ मत गणना हुँदा उनले २१ हजार ९९३ मत प्राप्त गरेकी छिन् । उनलाई एमालेका अनन्तप्रसाद पौडेलले १९ हजार ९१६ मतका साथ पछ्याइरहेका छन् ।  लामा पौडेलभन्दा २०७७ मत अगाडि छिन् । 


त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १९ हजार ३९३ मत ल्याएका छन् । 

कूल ७३ हजार ४१९ मत खसेकोमा अब ३ हजार ७२३ मत गन्न बाँकी छ । 


Author

थप समाचार
x