स्थानीय तह निर्वाचन २०७९

ईनरुवा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार १५:३० बजे

काठमाडौँ- सुनसरी, ईनगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्ला सभापतिसमेत रहेका केदार भण्डारीले ११ हजार ८२४ मत प्राप्त गरी विजयी भएका हुन् ।

भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोख्रेलले ९ हजार ५३ मत ल्याएका छन् ।


त्यस्तै उपमेयरका उम्मेदवार विनिता कुमारी मेहता ११ हजार ४८० मत प्राप्त गरी विजयी भएका छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै उम्मेदवार सहजादी प्रविन आलमले ९ हजार ५३७ मत प्राप्त गरेका छन् ।

गत निर्वाचनमा पनि मेयरमा कांग्रेसका उम्मेदवार राजन मेहता विजयी भएका थिए ।

 

 

 


Author

थप समाचार
x