स्थानीय तह निर्वाचन २०७९

तुलसीपुर उपमहानगरपालिका एउटै वडामा ९०६ बदर

इकागज |
जेठ ६, २०७९ शुक्रवार १५:१ बजे

फाइल फोटो

दाङ - तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । 

बदर भएको उक्त मत उपप्रमुखको हो । तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । उनका अनुसार यो बदर मत अत्यधिक हो ।


त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए । 

तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् । यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उनले बताए । रासस


Author

थप समाचार
x