स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा विजयले घटाउँदै मतान्तर

इकागज |
जेठ ६, २०७९ १४:५९ बजे

चितवन - भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ५८ हजार १३४  मतगणना हुँदा उनले ३ हजार १८५ मतान्तर कायम गरेकी हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २१ हजार ९ सय ६४ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले १८ हजार ७७९ मत पाएका छन् । कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २ सय २३ मत पाएका छन् । विजयले झिनो संख्यामा मतान्तर घटाएका छन् । यसअघि आजै बिहान विजय रेनुभन्दा ३३ सय मत पछाडि थिए । अहिले उक्त मतान्तर घटेर ३ हजार १८५ कायम भएको छ । 


उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार २८८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १४ हजार ८४६ मत पाएकी छन् ।



Author

थप समाचार
ad
x