स्थानीय तह निर्वाचन २०७९

मोरङको बुढीगंगा हाँक्ने जिम्मा जीतनारायण र अमृतालाई

बाबुराम भण्डारी |
जेठ ५, २०७९ बिहीबार ६:२७ बजे

विराटनगर । मोरङको १७ पालिकाहरु मध्ये पछिल्लो पटक बुढीगंगा गाउँपालिकाको मतपरिणाम सार्वजनिक हुँदा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा जीतनारायण थापा मगर र उपाध्यक्षमा अमृता कुमार गच्छदार निर्वाचित भएका हुन् ।

अध्यक्ष थापा मगरले ८ हजार २९९ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बलभद्र सरदार थारुले ७ हजार ८८० मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी गच्छदारले ९ हजार ५० प्राप्त गरिन् ।


एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २२३ मतले पराजित बनेकी छन् । यसपटक उपाध्यक्ष निर्वाचित गच्छदार यसअघि पनि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट निर्वाचित भएकी थिइन् । ७ वटा वडाहरु मध्ये कांग्रेसबाट वडा नं. १ मा सोमराज काफ्ले, २ मा रेवति नारायण चौधरी, ३ मा तिलक नाथ मण्डल, ४ मा शशिकान्त चौधरी र ६ मा दिलिप कुमार चौधरी वडाध्यक्ष निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट वडा नं. ५ मा देवेन्द्र प्रसाद दाहाल प्यानलै निर्वाचित भए । त्यसैगरी वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पंकज चौधरी थारु पनि प्यानलै निर्वाचित भएका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x