स्थानीय तह निर्वाचन २०७९

सुर्खेतको गुर्भाकोटमा  दोहोरिए कांग्रेसका मेयर र उपमेयर

लक्ष्मी भण्डारी |
जेठ ४, २०७९ बुधवार ९:२६ बजे

सुर्खेत–सुर्खेतको गुर्भाकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । मेयर पदमा हस्त पुन र उपमेयर पदमा मैना विक निर्वाचित भएका हुन् ।  अघिल्लो कार्यकालमा नगरपालिकाको नेतृत्व गरेका मेयर  पुन र उपमेयर  विक यस पटकको निर्वाचनमा पुनः दोहोरिएका हुन् ।

कर्णालीका अधिकांश पालिकामा दोहोरिएका उम्मेदवारहरू पराजित भइरहेको बेला गुर्भाकोटमा भने पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । गुर्भाकोट काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह नगरमा यो पटक पनि कांग्रेसले नै जितेको हो ।



नेपाली कांग्रेसका निवर्तमान मेयर समेत रहेका पुनले ११ हजार ९ सय ७८ मत ल्याएर विजयी भएका हुन भने नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार एक सय ८६ मत पाएर पराजित भए ।


उपप्रमुखमा कांग्रेसकी मैना विक विजयी भएकी छिन् । उनले ११ हजार ७ सय ४३ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीलाकुमारी विश्वकर्माले १० हजार दुई सय ९९ मत पाइन । यो नगरपालिकामा १४ वटा वडा मध्ये ११ वटा मा काँग्रेस विजयी भएको छ । एमालेले तीन वटा वडामा जीत हात पारेको हो ।


Author

थप समाचार
x