शिक्षा

पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्डद्वारा सम्मानीत

इकागज |
बैशाख २२, २०७९ बिहीबार १७:२१ बजे

काठमाडौँ –  लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयद्वारा नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानीत गरिएको छ ।

नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत जालानलाई एक्सीलेन्स अवार्डद्वारा सम्मानीत गरिएको हो ।


शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । एलबीईएफ ग्रुप अफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन् ।

नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित जालान विगत कैयौं वर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत हुनुका साथै विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न छन् । उनले यो अवार्ड आफ्ना काका तथा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका संस्थापक स्व. परमानन्द केजरीवाललाई समर्पण गरेकाछन् ।


Author

थप समाचार
x