शिक्षा

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति  निलम्बनमा

इकागज |
बैशाख १५, २०७९ बिहिवार १४:३१ बजे

फाइल फोटो

बागमती - बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई  निलम्बन गरेको छ । 

पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए । 


प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ । 

मदनभण्डारी स्वास्थ्य विज्ञान  प्रतिष्ठान  ऐन २०७६ को उपदफा९ ३० बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । 
 
प्राडा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति भएका थिए । रासस


Author

थप समाचार
x