शिक्षा

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन आह्वान

इकागज |
चैत १६, २०७८ बुधवार ९:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुलले, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो । 

आगामी वैशाख १९ गते ११ बजे आवेदकहरूको परीक्षा हुनेछ । परीक्षा आवेदन दस्तुर एक सय रुपैयाँ लाग्ने छ ।  खुला र आरक्षणतर्फ एक जिल्लाबाट एक जनाभन्दा बढी नहुने गरी ४० जना विद्यार्थी छनोट हुनेछन् । आरक्षण सिटमा २० जना छनोट हुनेछन् । लोपोन्मुख २,  दलित ४, मुस्लिम १, मधेसी ४, आदिवासी जनजाती ५, पिछडिएको  क्षेत्र २ र द्वन्द्वपीडितका २ जना सहभागी हुन पाउनेछन् ।


साझेदारी कार्यक्रम अन्तर्गत साझेदारी स्कुलका निमित्त जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् । यसमा आरक्षण दलित ५, मुस्लिम २, मधेसी ६, जनजाती ९ र छात्रा कम्तीमा २६ जना हुनेछन् ।

साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरू ६ वटा रहेका छन् । शीतलादेवी मावी धनकुटा, नवजीवन माध्यमिक विद्यालय जुटपानी सर्लाही,  कुलेश्वर आवास माध्यमिक विद्यालय काठमाडौँ,  बालमन्दिर माध्यमिक विद्यालय लुम्ले  कास्की,  जनता मावि पाल्पा र वीरेन्द्र विद्यालय माध्यमिक विद्यालय टीकापुर कैलाली ।

आवेदन दिने विद्यार्थी वि.सं. २०६८ वैशाखदेखि २०६९ चैत मसान्तभित्र जन्म भई कम्तीमा २ वर्ष अगाडिदेखि सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७८ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्नेछ ।


Author

थप समाचार
x