शिक्षा

नोबेल मेडिकल कलेजका विद्यार्थी ८० दिनदेखि आन्दोलित, सुसाइट गर्ने अवस्थामा पुर्‍याएको आरोप

इकागज |
फागुन १९, २०७८ बिहीबार १६:४९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको  माग राख्दै रिले अनसन सुरु गरेका छन् । 

बिहीबार देखि काठमाडौंको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबिबिएस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् । 


नोबेल कलेजबाट पीडित १० विद्यार्थीहरुले सरकारले बनाएको नियम कानुन नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिले अनसन, भोक हड्ताल तथा धर्ना सुरु गरेका छन् । 

उनले विगत ८० दिन देखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताए । नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्सा शिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबिबिएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए । 

उनले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे । 

धेरै विद्यार्थीले आत्मासर्मपण गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिलेअनसनमा सुरु गरिएको जानकारी दिए । 

त्यस्तै, पौडेलले राज्यले बनाएको कानुन राज्यले नै कार्यान्वयन गर्न नसक्दा एमबिबिएस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा पुगेको बताए । उनले राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अनसन सुरु गरिएको बताए । एमबिबिएस पढ्न आएका विद्यार्थी राज्यको कानुन कार्यान्वयन गराउनको लागि सडकमा आउनु परेको पौडेलले गुनासो गरे । 

उनले भने,‘ हामी पनि सिथिल भइसकेका छौं । कलेज छुटेको छुटै छ । घरबाट तथा साथीभाईहरुको त्यस्तै प्रेसर आउँछ । कजेल प्रशासनले परिक्षा गरिदिएको छ ।पढ्नको लागि पहिलो किस्ता १५ लाख विश्वविद्यालयमा बुझाइ सकिएको छ तर पढ्न पाएको छैन । हाम्रो अन्तिम उपाय अनसन नै रहेछ । सडकमा नै आउनुपर्ने रहेछ । नियमक निकायबाट केही पार नलागे पछि बाध्य भएर आएका छौं । पढ्न आएको विद्यार्थी यसरी सडकमा आएर बस्नुपर्दा डिप्रेशनमा आएका छौं । ८० दिन भइसक्यो । अब सुसाइट गर्ने ठाउँसम्म पुग्नुपर्ने बाध्यता आइरहेको छ । नेपाली विद्यार्थी किन विदेश जान्छन भनेको कुरा आज प्रष्ट थाहा हुँदैछ । जसको पावर पैसा छ । उसकै चल्दो रहेछ । कानुन भनेको सोझा जनता लाग्ने रहेछ ।आन्दोलन गर्दा सिथिल भएकाले कहिलेसम्म यसरी बस्ने भन्ने भएको छ । आत्मसर्मपण गर्नु परे दोषी राज्य नै हुन्छ ।’

रिले अनसनमा विद्यार्थीहरुले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर, २०१५/१६ ब्याजका विद्यार्थी इन्टर्नसिपको व्यवस्थापन छिटो गर, हाम्रो न्यायोचित माग सम्बोधन गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, सुरक्षित स्थानमा पढ्ने वातावरण बना , डे ८० स्थानन्तरण गरियोस् भन्ने प्लेकार्ड राखेर अनसनमा बसेका छन् ।  

 


Author

थप समाचार
x