शिक्षा

टाटा र सिप्रदीयनले बनाइदियो विद्यालय भवन

इकागज |
फागुन १७, २०७८ मंगलबार १८:२९ बजे

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका–११ स्थित जनज्योति आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । साविक जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक र समाजसेवी संस्था टाटा ट्रष्ट भारत र सिप्रदीयन सहायता संस्था काठमाडौको सहकार्यमा भवन निर्माण भएको हो । 

नवनिर्मित भवनको सिप्रदी ट्रेडिङका उपाध्यक्ष शौरभराज थपलिया र शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख कृण्णप्रसाद सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे। करिब ७० लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ४ कोठे छ । ५ कोठे भवन सहित घेरावार, फर्निचर, खेलकुदका सामाग्री र पुस्तकालयको भने यस अगाडि नै सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्ट भारतको सहयोगमा पुरा गरिएको टाटा ट्रष्ट भारतका एरिया मेनेजर सुरज पोखरेलले जानकारी दिए । 


उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका उपाध्यक्ष शौरभराज थपलिया, शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख कृण्णप्रसाद सुवेदी, टाटा ट्रष्ट भारतका एरिया मेनेजर सुरज पोखरेललगायत थिए।


Author

थप समाचार
x