शिक्षा

साउथवेस्टन स्कुलका प्रिन्सिपल अधिकारीलाई ‘एसियाज बेस्ट प्रिन्सिपल अवार्ड’

इकागज |
फागुन ११, २०७८ बुधबार ८:५ बजे

काठमाडौँ - साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘एसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका छन् । काठमाडौंको बसुन्धारामा रहेको स्कुलका प्रिन्सिपल अधिकारीले ‘एसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका हुन् । 

अन्तर्राष्ट्रियस्तरको स्कुल अवार्डका लागि ३० देशका २०० भन्दा बढी विद्यालयले प्रतिस्पर्धा गरेका थिए । २०२१ मार्चमा मनोनयन दर्ता भएको उक्त अवार्डका लागि विभिन्न चरण पार गर्दै प्रिन्सिपल अधिकारीले अवार्ड हात पारेका हुन् । मूल्याङ्कनका क्रममा डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, शैक्षिक सन्दर्शन तथा योजना, शिक्षा क्षेत्रमा दिएको योगदान आदिलाई आधार बनाइएको थियो ।


भर्चुअल माध्यमबाट विद्यालय र यसले सञ्चालन गरेका शैक्षिक गतिविधिबारे निर्णायक मण्डलले समग्र जानकारी लिएको थियो । उक्त अवार्डका लागि निर्णायक मण्डलका सदस्यहरूले विद्यालयबाट सञ्चालित अनलाइन कक्षा तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमको अनलाइन अवलोकन गरेका थिए ।

स्कुलले पछिल्लो तीन वर्षको अवधिमा तीन अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ । यो  पटक भने स्कुलले एकै पटक दुई अवार्ड प्राप्त स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए । प्रिन्सिपल अधिकारीले यसअघि ‘एसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ पनि प्राप्त गरेका थिए ।


Author

थप समाचार
x