शिक्षा

कखरा सिकेका स्कुलका नरेन्द्र हेडमास्टर !

जितेन्द्र थापा |
माघ १८, २०७८ मगलवार १४:५० बजे

सुर्खेत - बाल्यकालदेखिकै सरल सामान्य जीवनशैली । सामान्य जीवनशैलीमा हुर्किएका नरेन्द्र शाही अन्नपूर्ण माध्यमिक विद्यालयका हेड मास्टर हुन् । यही विद्यालयमा हेडमास्टर भएर पढाउन थालेको आठ वर्ष भयो । उनी हेडमास्टर छन् । उनी जुम्लाको हिमा गाउँपालिका–७ धाचुगाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा कार्यरत छन् ।

कर्णालीको विकट जिल्ला जुम्ला अझ भनौँ जुम्लाको पनि दुर्गम गाउँमा जन्मेका नरेन्द्र शाहीको दुःख संघर्षको कुनै सीमा छैन । संघर्षबाटै खारिएका हेडमास्टर शाही आफ्ना सुख दुःखका पानाहरु पल्टाउदै यहाँसम्म पुगेको बताउँछन् । नरेन्द्र शाही एक अब्बल शिक्षकका रूपमा परिचित छन् । 


त्यो रमाइलो बाल्यकाल
संघर्षको मैदानबाट किताबका पानाहरु पल्टाउँदै हेडमास्टर नरेन्द्र शाहीको बाल्यकाल भने गाउँमै उकाली ओराली गर्दै बित्यो । उनी बाल्यकालदेखि नै परिवारका अत्यन्त मिलानसार र इमान्दार थिए । उनले जुम्लाको धाचु गाउँमै रहेको अन्नपूर्ण माध्यमिक विद्यालय मस्टामाँडुबाट पढाई सुरुवात गरे । उनले अन्नपूर्ण विद्यालयबाटै कखराका अक्षरहरू चिन्न शुरू गरेका हुन् । घर नजिकैमा रहेको उक्त विद्यालय उतिबेला पाँच कक्षासम्म मात्रै पढाई हुन्थ्यो । नरेन्द्रले घर नजिकै रहेको अन्नपूर्ण विद्यालयमा दिउँसोको समयमा पढ्ने र साँझ–बिहान घरमा आमा/बुबालाई घरायसी काममा सघाउँथे ।

बाल्यकालमा शनिबारको दिन पनि किताब छाड्दैन थिए । शनिबारका दिन उकाली ओराली–भीरपाखा गर्दै गाईबस्तु डुलाउँथे । गाउँका साथीभाइसँगै विद्यालय जान्थे । अघिपछि भने घरमा आमाबुबालाई सघाउँथे ।

त्यो देखेर उनका आमा-बुबाले नरेन्द्रको इच्छालाई थप बलियो बनाउन घरमा भएको बस्तु भाउँ बेचेर भए पनि नपुगेको पैसा गाउँबाट ऋण सापट गरेर पनि पढाए । हाल नरेन्द्र त्यहीँ विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् ।

कठिन् यात्रा सँगै एसएलसी पास 
नरेन्द्रले घर नजिकैको विद्यालयमा अक्षर चिने पनि निम्म माध्यमिक तहको पढाई हासिल गर्न भने सहज थिएन । घरपरिवारको सल्लाह सँगै नरेन्द्रले निम्न माध्यमिक तहको शिक्षा लिने सोच बनाए । त्यसपछि हिमा गाउँपालिका–६ पाथरखोलामा रहेको भानू निम्म माध्यमिक विद्यालयमा कक्षा ६ मा नाम लेखाए । 

उनको घरबाट त्यस विद्यालयमा पुग्न करिब दुई घण्टाको बाटो पैदल हिँड्नु पर्ने थियो । ‘बल्लतल्ल सडकले छोएको ठाउँमा त्यससमयमा सडक सञ्चालन र सवारी साधन केही पनि थिएन । हिँडेरै पढ्न जानुपर्ने र साँझ घर पुग्नुपर्ने हुन्थ्यो । 'त्यसैमा पनि जंगलको बाटो जंगली जनावरको डर समेत लाग्थ्यो’ नरेन्द्रले भने । 

उनले कठिन यात्रासँगै निरन्तर कक्षा ६ र ७ उत्तीर्ण गरे । तर, नरेन्द्रलाई यति पढाईले मात्र पुगेको थिएन् । माथिल्लो कक्षामा पुग्नु थियो । नरेन्द्रले आफ्नो शिक्षा यात्रालाई निरन्तर अगाडि बढाउने निर्णय गरे । माध्यमिक शिक्षा अध्ययन भने कालिकोट जिल्लामा भयो । कक्षा ९ र १० नरेन्द्रले कालिकोटमा रहेको महादेव माध्यमिक विद्यायल फोई भन्ने स्थानबाट पास गरेका हुन् । तर, माध्यमिक शिक्षा पढ्ज निम्न माध्यमिक शिक्षा पढ्न भन्दा झन कठिन भयो । नरेन्द्र जुम्ला जिल्लाबाट पढ्न करिब तीन घण्टाको पैदल यात्रा गरेर कालिकोट जिल्ला जानु परेको सुनाउँछन् । महादेव माध्यमिक विद्यालय कालिकोट जिल्लाको तिलागुँफा नगरपालिका–१ मा थियो । 

नरेन्द्रले भने, ‘कयौँ दिन त भोक–भोकै विद्यालय जानु पर्‍थ्याे । करिब सात महिना जति घरबाटै तीन घण्टा जंगलै–जंगलले घेरिएको लेकबाट यात्रा गरियाे पछि भने साथीहरु मिलेर उतै कोठा लिएर बस्यौं । आफ्नो बाँकी पढाई पूरा गरे ।’ 

त्यसपछि नरेन्द्रले महादेव विद्यायलबाट २०४९ सालमा द्धितीय क्षेणीमा एसएलसी नियमित तर्फबाट पास गरे । 

उच्च शिक्षा अध्ययन् सुर्खेतमा
गाउँमै पढेका नरेन्द्र उच्च शिक्षाको लागि सुर्खेतको वीरेन्द्रनगर झरे । एसएलसी लगतै वीरेन्द्रनगर झरेपछि साविकको (सुर्खेत क्याम्पस शिक्षा) हालको सुर्खेत बहुमुखी क्याम्पसमा २०५० सालमा आई एडमा भर्ना भए । त्यहाँ पढ्दै गर्दा उनले दोस्रो वर्ष सक्काएपछि अस्थाई शिक्षकको रुपमा २०५३ सालदेखि शिक्षण पेसामा आबद्ध हुन् पुगे ।

उच्च शिक्षा हासिलको लागि सुर्खेत झरेका नरेन्द्र शाही सानैमा सक्रिय थिए । उनले पढाईसँगै विद्यार्थी राजनीति गरे । उसो त धेरै जसोले राजनीति विद्यार्थी जीवनबाटनै सुरुवात गर्ने गरेका पछिल्ला धेरै उदारण देख्न सकिन्छ । नरेन्द्रले पनि २०५२ सालबाटै आफू अध्ययनरत क्याम्पसमा विद्यार्थी राजनीति गर्दै क्याम्पसको नेपाल विद्यार्थी संघ इकाई कमिटीमा इकाई सभापतिको रुपमा काम गर्ने अवसर पाएँ । 

नरेन्द्र भन्छन् ‘२०५२ सालमा देशमा माओवादीले जनआन्दोलन सुरु गरेको थियो । तर, आफू निरन्तर आफ्नो पेशामा लागि रहेँ । शिक्षण पेसा अगाल्दा–अगाल्दै २०५६ सालमा अखिल नेपाल शिक्षक संगठनमा आबद्ध भएर धेरै कामको अनुभव गरेको पनि छु ।’

नरेन्द्रले यस्तो परिस्थितिमा पनि आफ्नो शिक्षण पेसालाई छाडेनन् । ‘एकातिर माओवादी युद्ध घर–घरमा पुगेको थियो । सरकार पक्षबाट माओवादीलाई सहयोग गरेको भनी हामीलाई चुनौती दिइरहन्थ्यो । तर, कसैको कुरा नसुनी आफ्नो पेसामा निरन्तर रहे ।’

उनी हाल शिक्षक पेसामा आबद्ध भएको करिब २५ वर्ष पुगिसक्यो । नरेन्द्रले २०५७ सालमा शिक्षक सेवा आयोगमा नाम निकालेर सरकारी जागिरमा प्रवेश गरेका थिए । नरेन्द्रले करिब चार/पाँच वर्ष जति अस्थायी रुपमा शिक्षण पेशामा आबद्ध थिए ।

शिक्षण पेशाकै रुपमा साविकको भेरी र कर्णालीका धेरै जिल्लामा पुगे । विभिन्न विद्यालयको शिक्षण अनुभव बटुल्दै हाल भने उनी आफुले अक्षर चिनेको विद्यालयमा प्रधानाध्यापकका रूपमा परिचित हेड मास्टर छन् । नयाँ भविष्य खोजेर शिक्षा ग्रहण गर्न आउने बालबालिकालाई अक्षर चिनाउँदै छन् । उनी प्रधानध्यापक भएर काम गर्न थालेको करिब ८ वर्ष पूरा भयो । 
 


Author

थप समाचार
x