शिक्षा

माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिन प्याब्सनको माग

इकागज |
माघ १२, २०७८ बुधबार २०:१२ बजे

फाइल फोटो

काठमाडौं : कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सनले माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

प्याब्सनको केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई माघ २३ गतेदेखि खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर  कक्षा सञ्चालन गर्न व्यवस्था मिलाउन माग गरेको हो । यस्तै प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुरका जिल्ला प्रशासन कार्यलयमा पनि ज्ञापनपत्र बुझाएको छ । 



Author

थप समाचार
x