शिक्षा

गर्मी बढेपछि वीरेन्द्रनगरका सामुदायिक विद्यालय बन्द हुँदै

इकागज |
जेठ २६, २०८० शुक्रवार २०:३ बजे

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बढेपछि बुधबारदेखि निजी विद्यालय एक साताका लागि बन्द भएकोमा शुक्रबारदेखि सामुदायिक विद्यालय पनि असार १ गतेसम्म बन्द हुने भएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 


अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो । साथै गर्मी बढेकाले विद्यार्थीको सिकाइ अनुकूल नभएको नगरपालिकाले जनाएको छ ।


Author

थप समाचार
x