शिक्षा

तुलसीपुरका विद्यालयमा पाँच दिन गर्मी बिदा

इकागज |
जेठ २५, २०८० बिहिवार १९:३६ बजे

दाङ- गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।

जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।


गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोका आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कूल एक सय ४८ वटा विद्यालय रहेका छन् ।


Author

थप समाचार
x