शिक्षा

एसईईमा बागमतीबाट १ लाख विद्यार्थी सहभागी हुँदै, १५ हजार ८ जना जनशक्ति

इकागज |
चैत १७, २०७९ शुक्रबार ८:३ बजे

मकवानपुर- आजबाट कक्षा १० को एसईई परीक्षा सुरू भएको छ । विद्यालय शिक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण मानिँदै आएको यो परीक्षाको लागि बागमती प्रदेशबाट १ लाख १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी भएका छन् ।

शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरे अनुसार, प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी भएका हुन् ।


निर्देशनालयका अनुसार, परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिनेछन् ।

यस्तै १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएको छ ।

परीक्षामा काठमाडौँबाट ३६ हजार ५७७ जना, भक्तपुरबाट ५ हजार ८०५ जना, ललितपुरबाट ९ हजार ८९९ जना, काभ्रेबाट ६ हजार ४३६ जना, सिन्धुपाल्चोकबाट ३ हजार ९८५ जना, नुवाकोटबाट ४ हजार ३०० जना, रसुवाबाट ६२८ जना, धादिङबाट ५ हजार ३८६ जना, मकवानपुरबाट ६३३३ जना, चितवनबाट १० हजार ८५६ जना, रामेछमपबाट ३ हजार २२५ जना, दोलखाबाट ३ हजार ६२ जना र सिन्धुलीबाट ५ हजार २४१ जनामा परीक्षार्थी सहभागी छन् ।


परीक्षा २९ गतेसम्म सञ्‍चालन हुनेछ । परीक्षा अवधीभर अनुगमनको क्रममा विद्यार्थीमैत्री ब्यवहार गर्न निर्देशनालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


Author

थप समाचार
x