शिक्षा

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण

इकागज |
माघ १५, २०७९ आइतवार १९:५० बजे

फाइल तस्बिर

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । 


माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।


Author

थप समाचार
x